उकालो लाग्यो कोरोनाको संक्रमण दर

ByGyan Kaji Tamang

२०७८ श्रावण ५, मंगलवार १७:२० २०७८ श्रावण ५, मंगलवार १७:२० २०७८ श्रावण ५, मंगलवार १७:२० #covid news

साउन ५, काठमाडौं । सरकारले लकडाउन खुकुलो गरे सँगै आम नागरिकको बजारमा देखिएको भिडभाडको असर कोरोना संक्रमण दरमा देखिन थालेको छ ।

सरकारले करिब २ महिना कडा लकडाउन गरेर दैनिक संक्रमित दर १३०० को हाराहारीमा झरेको थियो । तर, आम नागरिकको जिवनयापन असहज बन्दै गएपछि र संक्रमित संख्यामा पनि उल्लेख्य कमि आएपछि असार पहिलो साता देखि सरकारले लकडाउन खुकुलो बनाएको थियो । लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढेको थियो । आम नागरिकले सामान्य स्वास्थ्य मापदण्ड पनि पालना नगर्दा पुन: कोरोना संक्रमण दर उकालो लाग्न थालेको छ ।

आज ८८३६ जनाको पिसिआर परिक्षण गर्दा २२०२ र ४२९९ जनाको एन्टिजेन परिक्षण गर्दा ९०६ जनामा गरि कुल ३१०८ जनमा संक्रमण पृष्टि भएको छ । गत २४ घण्टामा २५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

कोरोना संक्रमित संख्या एक सातामा दिन प्रतिदिन ह्वात्तै बढेको देखिन्छ । स्वास्थ्या मन्त्रलायको विवरण हेर्ने हो भने कोरोना संक्रमितको संख्या आइतबार १८०१ जना थियो तर हिजो (सोमबार) त्यो संख्या बढेर २४२५ जना पुगेको र आज झनै बढेर ३१०८ जना पुगेको देखिन्छन् । यहि अनुपातमा संक्रमण दर बढ्दै जाने हो भने केहि समय पछि भयभहको अवस्था आउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook