बकर इदको आज सार्वजनिक बिदा

Byपहिलो सुचना

२०७८ श्रावण ६, बुधबार ०७:३८ २०७८ श्रावण ६, बुधबार ०७:३८ २०७८ श्रावण ६, बुधबार ०७:३८
फाइल तस्बिर

साउन ६, काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउन आज देशभरका आज सार्वजनिक बिदा दिएको छ । मुश्लिम समुदायले यो पर्व विश्वभरिका मस्जिदहरुमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook