प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा प्रचण्डको सुरक्षा

Byपहिलो सुचना

२०७८ श्रावण ५, मंगलवार १४:४२ २०७८ श्रावण ५, मंगलवार १४:४२ २०७८ श्रावण ५, मंगलवार १४:४२

साउन ५, काठमाडौं । नयाँ सरकारको गठन सँगै पूर्वप्रधानमन्त्री एवम विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्था थप गरिएको छ । गृह मन्त्रलायले मंगलबार विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेखित मापदण्ड विपरीत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सुरक्षामा डीएसपी विनोद घिमिरेलाई खटाइएको छ । कार्यविधिले वर्तमान प्रधानमन्त्रीलाई मात्रै डीएसपीको नेतृत्वमा सुरक्षा दिने व्यवस्था गरेको थियो । तर सुरक्षा चुनौती भन्दै गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा प्रचण्डलाई डीएसपीको नेतृत्वमा सुरक्षा दिने निर्णय भएको मन्त्रालयका एक उच्च अधिकृतले पहिलो सुचना लाई बताए ।

यसैबीच, नेकपा एमालेका नेता माधवकुमार नेपालको सुरक्षा पनि गत साता देखि नै बढाइएको छ । ओली समूहका कार्यकर्ताबाट उच्छृंखल गतिविधि र सुरक्षा थ्रेट बढेको भन्दै सुरक्षाकर्मी थप गरिएको हो ।

राष्ट्रको लागि भनेर नियक्ति भएका सुरक्षाकर्मीहरु भीआईपी व्यक्तिको सुरक्षाको नाममा घरेलु काममा समेत प्रयोग गरिएको भन्दै व्यापक आलोचना बढेपछि अघिल्लो सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कार्यकालमा गृह मन्त्रालयले भीआईपी सुरक्षा मापदण्ड बनाएको थियो । त्यसअनुसार पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डले आजीवन प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना सशस्त्र र दुई जना नेपाल प्रहरीका कर्मचारी सुरक्षार्थ प्रयोग गर्न सक्छन् ।

यो विषयमा प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत प्रचण्डमाथि सुरक्षा चुनौती रहेकाले डीएसपीको नेतृत्वमा सुरक्षा दिनु अस्वभाविक नभएको दाबी गर्छन् । उनी भन्छन्, ‘कार्यविधिले पनि थ्रेटको आधारमा पनि सुरक्षाकर्मी थपघट गर्न सकिने परिकल्पना गरेको छ, त्यही अनुसार सुरक्षाकर्मी थपिएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook