
साउन ५, काठमाडौँ। बागलुङमा विषाक्त मदिरा सेवनबाट चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार उनीहरु सबै बागलुङको गलकोट नगरपालिका – ७ स्थित खानेपानी आयोजनामा काम गर्ने मजदुर हुन्। रक्सी खाएर गम्भीर भएपछि धौलागिरी अस्पताल लागिएको उनीहरुको उपचारका क्रममा आज बिहानै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका – ५ का २१ वर्षीय दिपेन्द्र पुन मगर, ३० वर्षीय प्रविन घर्ती, ३९ वर्षीय दुधबहादुर राना र ५१ वर्षीय रेखबहादुर राना रहेका छन्। त्यस्तै गम्भीर अवस्थामा रहेका २६ वर्षीय रबिन्द्र पुन र ३८ वर्षीय खेमराज घर्तीको भने धौलागिरी अस्पतालमा उपचार भैरहेको छ।
प्रहरीले रक्सीका कारण मृत्यु भएको हो वा अन्य कारण भन्ने विषयमा अनुसन्धान भैरहेको बताएको छ।
