तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

Byपहिलो सुचना

२०७८ श्रावण ५, मंगलवार १४:४२ २०७८ श्रावण ५, मंगलवार १४:४२ २०७८ श्रावण ५, मंगलवार १४:४२

साउन ५, काठमाडौँ। मंगलवार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू २०० ले बढेको सुनको भाउ मंगलवार रू ४०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू ९३ हजार २०० मा कारोबार भएको छ भने सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजार ८०० मा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन पनि प्रतितोला रू ४०० ले बढेर रू ९२ हजार ७०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य भने घटेको छ । सोमवार प्रतितोला १ हजार २९० मा कारोबार भएको चाँदी मंगलवार रू १० ले घटेर प्रतितोला रू १ हजार २८० मा खरीदविक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook