साउन ४, काठमाडौँ। नेपाली बजारमा सोमवार सुनको मूल्य बढेको छ । आइतवार रू. ६०० ले घटेको सुनको भाउ सोमवार भने रू. २०० ले उकालो लागेको हो ।

आइतबार प्रतितोला रू ९२ हजार ६०० मा कारोबार भएको छापावाला सुन आज रू ९२ हजार ८०० मा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको छ। आइतवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्य भने रू ५ ले घटेको छ । आइतवार प्रतितोला रू. १ हजार २९५ मा कारोबार भएको चाँदी सोमवार रू. १ हजार २९० खरीदविक्री भइरहेको छ ।
