कोरोना भाईरसबाट थप २,४४५ संक्रमित, ३२ काे मृत्यु

Byपहिलो सुचना

२०७८ श्रावण ४, सोमबार १७:५० २०७८ श्रावण ४, सोमबार १७:५० २०७८ श्रावण ४, सोमबार १७:५० #covid news

साउन ४, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाईरसको संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोभिड १९ को कारण मृत्यु भएको जम्मा संख्या ९५८२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसै गरि कुल ११,६६४ जनामा गरिएको परीक्षणमा ७८३३ पीसीआर र ३८३१ एन्टिेन परीक्षण गरिएको थियो जसमध्ये १६४२ र ८०३ संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख १८ हजार ४९४ पुगेको छ भने ६ लाख ३३ हजार ३३२ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार २५८ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook