देउवालाई मत दिने सांसदसँग एमालेले माग्यो २४ घण्टे स्पष्टीकरण

Byपहिलो सुचना

२०७८ श्रावण ४, सोमबार १३:५६ २०७८ श्रावण ४, सोमबार १३:५६ २०७८ श्रावण ४, सोमबार १३:५६

साउन ४, काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने भएको छ।

ललितपुरको च्यासलमा जारी एमाले केन्द्रिय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकमा अध्यक्ष ओलीले ती सांसदलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्ने बताएका छन्।

विश्वासको मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।

यसैगरि, उक्त बैठकले एमाले विवाद समाधानका लागि गरिएकाे १० बुँदे सहमतिलाई केन्द्रीय कमिटीकाे बैठकले अनुमोदन गरेको एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले बताए। उनले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय भएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook