बूढानीलकण्ठ र नागार्जुन नगरपालिकामा सोमबार सार्वजनिक बिदा

Byपहिलो सुचना

२०७८ कार्तिक २८, आईतवार १९:२३ २०७८ कार्तिक २८, आईतवार १९:२३ २०७८ कार्तिक २८, आईतवार १९:२३
Holiday

कार्तिक २८, काठमाडौं । बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएका छन् ।

कात्तिक २६ गते शुक्रबार बसेको बूढानीलकण्ठ नगर कार्यपालिकाको बैठकले हरिबोधिनी एकादशीको दिन स्थानीय बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्ध धार्मिक तीर्थस्थल बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह)का दिन विशेष मेला लाग्ने भएकोले नगरपालिकामा स्थानीय पर्वका रूपमा सार्वजनिक बिदा दिने गरिएको छ ।

स्थानीय संस्कृति, परम्परा र जात्राको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

उक्त दिन नगरपालिकाअन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने बताइएको छ। बूढानीलकण्ठमा प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ ।

त्यस्तै नागार्जुन नगरपालिकाले पनि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रमुख सुशीला अधिकारीले जानकारी दिइन् ।

नगरपालिकाभित्र रहेको नेपालको चार नारायणमध्येको कान्छो नारायण मन्दिरका नाममा परिचित तथा राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत इचङ्गुनारायण मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह) का दिन विशेष मेला लाग्ने भएको हुनाले नगपालिकाले स्थानीय पर्वका रूपमा सो दिन सार्वजनिक बिदा दिन लागेको हो ।

प्यागोडा शैलीमा बनेको दुईतले इचङ्गुनारायण मन्दिरमा शङ्ख, चक्र, गदा र पद्म लिएका नारायणका मूर्ति छन्। सो मन्दिरमा हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन विशेष मेला लाग्ने गर्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook