ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

Byपहिलो सुचना

२०७८ कार्तिक २८, आईतवार १७:१२ २०७८ कार्तिक २८, आईतवार १७:१२ २०७८ कार्तिक २८, आईतवार १७:१२

कार्तिक २८, चौतारा । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका– १ फुस्रेमा आज ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्लाको जुगल गाउँपालिका– २ गोल्चे निवासी ३४ वर्षीय सीताराम दोङ रहेका छन् । गम्भीर घाइते एक जनालाई बीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको छ । सामान्य घाइते एकको चौतारा अस्पतालमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आलु लोड गरिएको बा ५ ख ६५६३ नम्बरको आइचर ट्रक पाँचपोखरी थाङपालतर्फ जाँदैगर्दा सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । कच्ची सडकमा साँधुरो र उकालोसमेत भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook