साउन ३, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाईरसको संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोभिड १९ को कारण मृत्यु भएको जम्मा संख्या ९५५० जना पुगेको छ । त्यसै गरि गत २४ घण्टामा १८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६२८ जनामा गरिएको पीसीआर परीक्षणमा १२२३ र ३,००० जनामा गरिएको एन्टिेन परीक्षणमा ५७८ जना गरी कुल १८०१ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार १०९ पुगेको छ । जसमध्ये ६ लाख ३२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ६६७ रहेको छ ।

