प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने संकेत

Byपहिलो सुचना

२०७८ श्रावण ३, आईतवार १०:५४ २०७८ श्रावण ३, आईतवार १०:५४ २०७८ श्रावण ३, आईतवार १०:५४

साउन ३, काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन्।

नेकपा एमाले नेता गोकुल बाँस्कोटाले आफ्नो सामाजिक संजाल मार्फत यस्तो जानकारी दिएका छन्। उनले लेखेका छन्, “आजै लिने भएछन विश्वासको मत। हिजोको कांडाघारी प्रबन्ध र कोटेश्वोर बैठकको फिडब्याक आउटकम!!!”

संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोहि व्यवस्था अनुसार प्रधानमन्त्री देउवाले आज साँझ ४ बजे विश्वासको मत लिन लागेका हुन्।

सर्वोच्च अदालतको परमादेशअनुसार गत असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook