प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जिते ‘दोहोरी च्याम्पियन’

Byपहिलो सुचना

२०७८ कार्तिक १३, शनिबार १९:५० २०७८ कार्तिक १३, शनिबार १९:५० २०७८ कार्तिक १३, शनिबार १९:५०

कार्तिक १३, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ ।

आज साँझ पोखरामा भएको फाइनलमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई हराएर पराजुली र बुढाथोकीको समूहले उपाधि जितेको हो ।

प्रकाश र मीनाको समूहले २० लाख रुपैयाँ नगद र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ । दोस्रो बिजेताले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् । रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेका छन् ।

आज भएको फाइनलमा छिटटै ‘दोहोरी च्याम्पियन’ सिजन २ सुरु हुने घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook