कार्तिक ११, काठमाडौँ। प्रतिनिधि सभा बैठक कार्तिक २९ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे ।
