जनताको सेवा गर्न पार्टी गठन गरेका हौंः अध्यक्ष नेपाल

Byपहिलो सुचना

२०७८ कार्तिक ११, बिहीबार १५:२८ २०७८ कार्तिक ११, बिहीबार १५:२८ २०७८ कार्तिक ११, बिहीबार १५:२८

कार्तिक ११, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

आज महेन्द्रनगरस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा अनले चुनाव नजिकै आइसकेकाले तयारीमा बस्नुपर्ने बताए । स्थानीय तह, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन आउन लागेको उल्लेख गर्दै उनले त्यसका लागि पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले सङ्गठन निर्माण गर्ने र पार्टीको अभियानमा खटिने नेताको मूल्याङ्कन हुने बताउँदै जनताको सेवा गर्नकै लागि पार्टीको गठन भएकाले सबैको साथ हुँदा पार्टी पङ्क्ति बलियो हुने धारणा राखेका छन् । राज्यको आधारभूत दायित्व गाँस, बाँस, कपास, स्वास्थ्य र सुरक्षा रहेकाले त्यसको ग्यारण्टी गरिनुपर्ने उनले बताए ।

अध्यक्ष नेपालले ओली प्रवृत्तिका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउँदै बादशाहलाई घोडाबाट झारेर नयाँ राजनीतिक अवस्था सिर्जना भएको धारणा व्यक्त गरेका छन् । पाँच दलको गठबन्धन चुनावसम्म कायम रहने दृढता व्यक्त गर्दै उनले बाढी प्रभावित क्षेत्रमा राहतका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook