कार्तिक १०, काठमाडौं । बुधबार सिंहदरबारभित्र अकस्मात गोली चलेको छ।
जाँचका क्रममा आज दिउँसाे सिंहदरबारभित्र एक राउन्ड गोली फायर भएको छ । दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।
प्रहरीका अनुसार ड्युटी सकेर पेस्तोल जाँच गर्ने क्रममा गोली फायर भएकाे हो। यद्यपि गोलीले कुनै मानवीय क्षति भने भएको छैन।
घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
