वाग्मतीमा मुख्यमन्त्रीका लागि भाेलि ३ बजेसम्म दावी पेश गरिसक्नुपर्ने

Byपहिलो सुचना

२०७८ कार्तिक १०, बुधबार १६:२० २०७८ कार्तिक १०, बुधबार १६:२० २०७८ कार्तिक १०, बुधबार १६:२०

कार्तिक १०, काठमाडौं । बागमती प्रदेशमा भोलि (बिहीबार) अपरान्ह ३ बजेभित्र मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान भएको छ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका हुन्।

संविधानको धारा एक सय ६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि आह्वान भएको छ ।

विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि सार्ने प्रस्ताव गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook