बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ

Byपहिलो सुचना

२०७८ कार्तिक ११, बिहीबार १३:४० २०७८ कार्तिक ११, बिहीबार १३:४० २०७८ कार्तिक ११, बिहीबार १३:४०

कात्तिक ११, लहान ।  दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव छन् । 

कल्याणपुर-१० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा यादवले कुटपिट गरेको आरोप लगाइएको छ।

पीडितका जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए।

महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै यादवविरूद्ध गत भदौ १७ गते जाहेरी दिएकी थिइन्। (रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook