न्यादी हाइड्रोपावरको आईपीओ आज ९ बजे बाँडफाँट हुँदै

Byपहिलो सुचना

२०७८ कार्तिक ५, शुक्रबार ०८:२२ २०७८ कार्तिक ५, शुक्रबार ०८:२२ २०७८ कार्तिक ५, शुक्रबार ०८:२२

कात्तिक ५, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ आज (शुक्रवार) बिहान ९ बजे बाँडफाँट हुने भएको छ ।

यस कम्पनीको आईपीओमा २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ । यी आवेदकहरुबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा १४ गुणा बढी हो । कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।

कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानीकोष र २ प्रतिशत दरको ४५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook