सामलिङ्ग पावर कम्पनीको आईपीओ निष्कासन आजदेखी

Byपहिलो सुचना

२०७८ कार्तिक ४, बिहीबार ०९:५६ २०७८ कार्तिक ४, बिहीबार ०९:५६ २०७८ कार्तिक ४, बिहीबार ०९:५६

कात्तिक ४, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ। कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो। 

निष्कासन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले भने बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।  आवेदकले न्यूनतम १० कित्ता तथा अधिकतममा २० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook