चितवनमा ६ मेडिकललाई कारबाही

Byपहिलो सुचना

२०७८ आश्विन १९, मंगलवार १०:२२ २०७८ आश्विन १९, मंगलवार १०:२२ २०७८ आश्विन १९, मंगलवार १०:२२

असोज १९, चितवन। चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ । भरतपुरको चौबीस कोठीमा सञ्चालनमा रहेका ती मेडिकललाई कारबाहीस्वरुप रु. पाँच हजारदेखि रु. तीन लाखसम्म जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो टेन्टल छन् । उपभोक्ता संरक्षण विभागले तोकेको बजार निरीक्षण अधिकृत सहायक प्रमुख जिल्ला अधिकारीले ती संस्थालाई कारबाही गर्नुभएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माका अनुसार नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई रु. तीन/तीन लाख जरिवाना गरिएको छ । मिराकल फर्मालाई रु. दुई लाख ५० हजार, रिजन फार्मेशिलाई रू. २० हजार र अपोलो डेन्टल क्लीनिकलाई रु. पाँच हजार जरिवाना तोकिएको उनले जानकारी दिए ।

मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्ति र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखी एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेका कारण उनीहरुलाई कारबाही गरिएको शर्माले बताए । चाडपर्वको समयमा स्थानीय प्रशासनले अनुगमनलाई तीव्र पारेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook