रमेश केसी ‘मट्टारे’ को निधन

Byपहिलो सुचना

२०७८ आश्विन ३, आईतवार १५:४२ २०७८ आश्विन ३, आईतवार १५:४२ २०७८ आश्विन ३, आईतवार १५:४२

असोज ३, काठमाडौं । हास्य कलाकार रमेश केसीको ६९ वर्षको उमेरमा निधन भएको छ। आज बिहान एउटा भिडिओको छायांकन भइरहेका बेलामा उनको निधन भएको हो। 

नेपाली टेलीश्रृङखला ‘हर्के हवल्दार’ मार्फत ‘मट्टारे’को उपनामले चिनिने उनलाई लामाे समयदेखि मुटुसम्बन्धी रोगले सताएको थियो। हर्के हवल्दारको टिमले बनाउन लागेको एउटा भिडिओ छायांकन स्थलमा अचानक बेहोस भएका उनलाई गंगालाल हृदयरोग केन्द्र लगिएको थियो। अस्पताल पुर्याइए लगत्तै उनलाई मृत घोषित गरिएको थियो ।

२००९ सालमा इमाडोल, ललितपुरमा जन्मेका केसी २०२८ सालदेखि अभिनयमा सक्रिय थिए ।

उनका २ छोरा, ३ छोरी र श्रीमती छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook