व्यवसायी रुक्मशमशेर राणाको निधन

Byपहिलो सुचना

२०७८ भाद्र २६, शनिबार ०९:०१ २०७८ भाद्र २६, शनिबार ०९:०१ २०७८ भाद्र २६, शनिबार ०९:०१

भाद्र २६, काठमाडौं । व्यवसायी रुक्मशमशेर राणाको ८५ वर्षमा निधन भएको छ।

काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा उनको शनिबार बिहान निधन भएको हो। मिर्गौला प्रत्यारोपणपछि उनी नियमित डाइलाइसिस गर्दै आएका थिए ।

नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमसेरका कान्छा छोरा रुक्म सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बनेका थिए ।

बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल ल्याएका उनी उक्त कम्पनीको प्रबन्ध निर्देशकसमेत भएका थिए । डाबर नेपालमार्फत उनले आयुर्वेदिक क्षेत्रमा पनि योगदान दिएका थिए । भारतका लागि नेपाली राजदूतसमेत भएका उनले नेपालको खेलकुद क्षेत्रमा पनि योगदान दिएका थिए । 

सन् १९८९ मा नेपालमा स्थापना भएको उक्त कम्पनीले सन् १९९२ देखि व्यवसायिक उत्पादन शुरु  गरेको थियो। उनी नेपाल भारत चेम्बर अफ कमर्शका पूर्व अध्यक्षसमेत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook