दुईपांग्रेमा लाग्ने करमा वृद्धि

Byपहिलो सुचना

२०७८ भाद्र २५, शुक्रबार २०:१० २०७८ भाद्र २५, शुक्रबार २०:१० २०७८ भाद्र २५, शुक्रबार २०:१०

भाद्र २५, काठमाडौं । शुक्रबार सरकारले ल्याएको प्रतिस्थापन विधेयकमार्फत् मोटरसाइकलको करमा वृद्धि गरेको छ। अर्थमन्त्री जनादर्न शर्माले प्रतिस्थापन विधेयक मार्फत अन्तशुल्क र सडक कर वृद्धि गरेका हुन्। 

विधेयकले १२५ सिसीभन्दा माथिका मोटरसाइकल/स्कुटरको अन्तशुल्क १० प्रतिशत बढाएको हो।

५०० देखि ८०० सिसीका बाइकमा भने २० प्रतिशत अन्तशुल्क बढाइएको छ।

अन्तशुल्क बढेसँगै अब नयाँ आउने १२५ देखि १५५ सिसी इन्जिन क्षमताका दुई पांग्रे सवारीसाधनको मूल्य बढ्नेछ। त्यस्तै २०० देखि ८०० सिसीका बाइकको पनि भाउ बढ्नेछ।

८०० सिसीमाथि भने अन्तशुल्क पुरानै दर, १०० प्रतिशत कायम छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook