भाद्र २३, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज १० जनाको मृत्यु भएको छ । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ।
आज देशभर २ हजार १६१ जना डिस्चार्ज भएका छन्।
