एमालेले दिए प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने चेतावनी

Byपहिलो सुचना

२०७८ भाद्र २३, बुधबार १२:३३ २०७८ भाद्र २३, बुधबार १२:३३ २०७८ भाद्र २३, बुधबार १२:३३

भाद्र २३, काठमाडौं । नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको छ ।

प्रतिनिधिसभाको बैठक आज (बुधबार २३ भाद्रमा) बस्दै छ । बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न आज बिहान नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बसेको हो। त्यस बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गरेका १४ सांसदलाई कारवाहीको सूचना प्रकाशित नगरेकोमा आपत्ति जनाएका थिए।

उनीहरु उपस्थित भए बैठक नै सुरु हुन नसक्ने भन्दै उनले भने, ‘नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न सक्दैन । हामीले साउन २५ गते नै निस्कासन गरेका व्यक्तिहरु उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं ?’

उनले अघि भने, ‘यदि गैर सांसदको उपस्थिति छ भने कुनै पनि हालतमा सदन प्रारम्भै हुन दिँदैनौं ।’

ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि लगातार प्रश्न उठाइरहेका छन्।

त्यस बाहेक, अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी), जयसिंह धामीको घटनामा सरकारले गरेको व्यवहार, निर्वाचन आयोगले एमाले विभाजन गरेको लगायतका विषय उठाएर संसद अवरुद्ध गर्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook