जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

Byपहिलो सुचना

२०८२ भाद्र २९, आईतवार १५:२० २०८२ भाद्र २९, आईतवार १५:२० २०८२ भाद्र २९, आईतवार १५:२०
प्रधानमन्त्री कार्की-सम्बोधन काठमाडौँ, २९ भदौ : प्रधानमन्त्री सुशीला कार्की आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

भदौ २९, काठमाडौँ । सरकारले भदै २३ र २४ गते जेनजी आन्दोलनमा क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । 

मुख्यसचिव एकनारायण अर्यालले  प्रधानमन्त्री सुशीला कार्कीले पदभार समाल्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

 साथै प्रत्येक सहिदका परिवारलाई १० लाख रुपियाँ राहत उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गराउने निर्णय गरेको मुख्यसचिव अर्यालको भनाइ छ ।  

मुख्यसचिव अर्यालका अनुसार प्रदर्शनका क्रममा प्रदर्शनकारी ५९, कैदीबन्दी १० र  सुरक्षाकर्मी तीन जना गरी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । १३४ जना प्रदर्शनकारी, प्रहरी ५७ गरी १९१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook