भीषण वर्षाका कारण अमेरिकामा एकै परिवारका तीन नेपालीको मृत्यु

Byपहिलो सुचना

२०७८ भाद्र १८, शुक्रबार ०९:०७ २०७८ भाद्र १८, शुक्रबार ०९:०७ २०७८ भाद्र १८, शुक्रबार ०९:०७

भाद्र १८, काठमाडौं । अमेरिकामा आइडा नामक समुद्रिक आँधीकाे प्रभावले आएकाे बाढीका कारण एकै परिवारका तीन जना नेपालीकाे मृत्यु भएकाे छ ।

युनाइटेड शेर्पा एसोसिएसन अमेरिकाले फेसबुकमार्फत् दिएको जानकारीअनुसार न्युयोर्कमा भएको यो घटनामा परी मृत्यु हुनेमा सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङगेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङमायाङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन्। उनीहरु न्युयोर्कको उडसाइडस्थित एउटा घरको वेसमेन्टमा बस्दै आएका थिए ।

यो आँधीको प्रभावले भएको भीषण वर्षापछि आएको बाढीका कारण तीन जना नेपालीसहित कम्तीमा ४३ जनाको मृत्यु भएको छ।
स्रोतका अनुसार उनीहरु सुतेको समयमा घरभित्र बाढी पसेको थियो । लामा परिवारको मृत्यु लगत्तै सुरक्षा निकायले बिहानै उनीहरुको शव व्यवस्थापन गरी छानवीन प्रक्रिया अगाडि बढाएको जनाइएको छ । मृतक लामा विगत १४ वर्षदेखि न्युयोर्कमा बसोबास गर्दै आएका थिए ।
न्युयोर्क टाइम्सका अनुसार कमजोर भइसकेको ठानिएको त्यही आँधीको प्रभावले बिहीबार उत्तरपूर्वका न्युयोर्क, न्युजर्सी, पेन्सलभेनिया र कनेक्टिकट राज्यमा अचानक भीषण वर्षा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook