भारतमा २४ घन्टामा ३० हजार सङ्क्रमित

Byपहिलो सुचना

२०७८ भाद्र १५, मंगलवार १३:१८ २०७८ भाद्र १५, मंगलवार १३:१८ २०७८ भाद्र १५, मंगलवार १३:१८

भाद्र १५, काठमाडौं । पछिल्लो २४ घन्टामा भारतमा ३० हजार ९४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्ठि भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ३५० जना सङ्क्रमितले ज्यान गुमाएका छन् । यो सङ्गै भारतमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या चार लाख ३८ हजार ५६० पुगेको छ ।

त्यसैगरि गएको चौबीस घण्टामा ३६ हजार २७५ सङ्क्रमणमुक्त भएका छन् । भारतमा हालसम्म तीन करोड १९ लाख ५९ हजार ६८० जना कोरोनामुक्त भएका छन् । भारतमा हाल तीन लाख ७० हजार ६४० जना सक्रिय सङ्क्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook