अफगानिस्तानमा नयाँ सरकार घोषणा

Byपहिलो सुचना

२०७८ भाद्र २३, बुधबार ०७:३१ २०७८ भाद्र २३, बुधबार ०७:३१ २०७८ भाद्र २३, बुधबार ०७:३१

भाद्र २३, काठमाडौं । तालिबानले मोहम्मद हसन अखुण्डको नेतृत्वमा अफगानिस्तानमा सरकार घोषणा गरेको छ‍।

अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि मंगलबार साँझ तालिबान समूहले सरकार बनाएको घोषणा गरेको हो।

सरकारमा अब्दुल घानी बरदार उपप्रधानमन्त्री, सिराजुद्दिन हक्कानी गृहमन्त्रीमा नियुक्त भएको तालिबानका प्रवक्ता जाबिल्लाह मुजाहिदले काबुलमा आज साँझ पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएका छन्। उनले यो सरकारलाई अन्तरिम सरकार भएको बताएका छन्।

लामो समयदेखि जनता सरकारका लागि प्रतीक्षारत रहेको भन्दै प्रवक्ता मुजाहितले आज सरकार गठन गरेको जानकारी दिए।

सरकारमा सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री बनेका छन्। यस्तै समूहका अनुसार निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान तोकिएका छन् भने दोस्रा उपनेता मुल्लाह अब्दुल सलाम हुनेछन्।

केही दिनयता तालिबानले जुनसुकै बेला सरकार गठनको घोषणा गर्न सकिने बताउँदै आएका थिए।

तालिबानले तीन साताअघि अफगानिस्तानमाथि नियन्त्रण कायम गरेका थिए। राजधानी काबुलमा चाहिँ उनीहरूले अगस्ट १५ तारिखमा नियन्त्रण कायम गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook