सकियो नेपाल-भारत बिचको खेल बराबरिमा

Byपहिलो सुचना

२०७८ भाद्र १७, बिहीबार १९:४६ २०७८ भाद्र १७, बिहीबार १९:४६ २०७८ भाद्र १७, बिहीबार १९:४६

भाद्र १७, काठमाडौं । नेपाल र भारतबीच बिहिबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ।

बिहीबार भएको खेलमा नेपालले भारतसँग १-१ गोलको बराबरी खेलेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको यो खेलमा ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल अब आइतबार हुनेछ।

यो दुई मैत्रीपूर्ण खेल माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि खेल्न लागेको हो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook