विश्वकप लिग-२ : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

Byपहिलो सुचना

२०७८ भाद्र २८, सोमबार १०:२३ २०७८ भाद्र २८, सोमबार १०:२३ २०७८ भाद्र २८, सोमबार १०:२३

भाद्र २८, काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

यो एकदिवसीय खेल ओमानको अल अमिरत क्रिकेट रंगशालामा नेपाली समय अनुसार दिउँस सवा चार बजे सुरू हुनेछ।

सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ। 

यसअघि नेपालले अमेरिकासँग १९ महिनाअघि घरेलु मैदानमा खेलेको थियो । सन् २०२० फेब्रुअरीमा नेपालमा भएको सिरिजमा नेपालले अमेरिकालाई ३५ रन र ८ विकेटले पराजित गरेको थियो ।

नेपाल र अमेरिका दुवैले सिरिजअघि पपुवा न्युगिनी (पीएनजी) सँग खेलेका थिए। दुवै टोलीले पीएनजीविरुद्ध जित हासिल गरेका थिए। 

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।

नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुई खेल खेलिसकेको छ। नेपाल चार अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook