तीनकुने घटनामा संलग्न थप एक पक्राउ

Byपहिलो सुचना

२०८२ बैशाख ८, सोमबार ०८:३७ २०८२ बैशाख ८, सोमबार ०८:३७ २०८२ बैशाख ८, सोमबार ०८:३७

वैषाख ८, काठमाडौं । गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संग्लन भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंका अनुसार धादिङ घर भएका ३४ वर्षीय सन्तोष सिलवाल पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले आजै हिरासतमा राखेर थुनामा राख्न जिल्ला अदालत काठमाडौंबाट ४ दिनको अनुमति लिएको छ । योसहित प्रहरीले तीनकुने घटनामा ८४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेका मध्ये २२ जनाविरुद्ध राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता एसपी अपिलराज बोहोराले बताए । पक्राउ परेकामध्ये ८ जना हाजिरी जमानीमा छुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook