रघुजी पन्त शिक्षामन्त्री नियुक्त

Byपहिलो सुचना

२०८२ बैशाख ११, बिहीबार ०९:०८ २०८२ बैशाख ११, बिहीबार ०९:०८ २०८२ बैशाख ११, बिहीबार ०९:०८

१० वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको बिहीबार शपथ गराउने कार्यक्रम तय भएको छ । शपथको समय भने तय भइनसकेको स्रोतले बतायो । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।

गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले प्रधानमन्त्रीबाट असहयोग भएको, काम गर्न असहज भएको लगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् । यद्यपि प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले स्वास्थ्यको कारण देखाएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook