कालिकोटको पलाँतामा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु

Byपहिलो सुचना

२०८२ बैशाख ८, सोमबार ०८:२७ २०८२ बैशाख ८, सोमबार ०८:२७ २०८२ बैशाख ८, सोमबार ०८:२७
accident full image

वैषाख ८, काठमाडौं । कालिकोटको पालाँता गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतका अनुसार आइतबार राति पलाँता गाउँपालिका–२ लार्फमा ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टरमा चार जना नै सवार थिए । उनीहरू सबैको पहिचान भइसकेको छ । दुर्घटनामा पलाँता–५ निवासी अम्बा शाही, वडा नम्बर–४ का सदु बुढा, सोही वडाका रवीन्द्र विकको मृत्यु भएको छ । त्यस्तै मुगुको खत्याड गाउँपालिका–५ घर भएका ट्याक्टर चालक चन्द्रप्रकाश रोकायाको पनि दुर्घटनामा मृत्यु भएको डिएसपी रावतले जानकारी दिए ।

उनका अनुसार चारै जनाको घटनास्थलमै मृत्यु भएको हो । पलाँता–९ थिर्पुबाट खिनको छलाहा जाँदै गरेको ट्याक्टर राडुनेटा लार्फ भन्ने ठाउँमा दुर्घटना भएको रावतले बताए । उक्त स्थान कर्णाली नदीभन्दा पारिपट्टि पर्छ। ट्याक्टर मात्रै चल्ने उक्त सडक निकै कच्ची भएको पनि उनले बताए । ‘रातिको समय र कच्ची बाटो भएकाले दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘मलाई राति १२ः०५ बजे खबर आएको थियो । खबर आउनासाथ घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको थियो। अहिले घटनास्थलमा प्रहरी पुगेर मुचुल्का तयार पार्ने काम भइरहेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook