माइक्रोबस र स्कुटर ठोक्किँदा दुईको मृत्यु, १४ घाइते

Byपहिलो सुचना

२०८२ बैशाख ७, आईतवार १५:१० २०८२ बैशाख ७, आईतवार १५:१० २०८२ बैशाख ७, आईतवार १५:१०
accident full image

वैशाख ७, दमौली (तनहुँ) । डुम्रे–बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर ठोक्किँदा माइक्रोमा सवार एक र स्कुटरमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । 

माइक्रोबसमा सवार पुरुषको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको हो । गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । माइक्रोबस चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook