अध्यक्ष लिङ्देन सहित राप्रपाका तीन जना नेता पक्राउ

Byपहिलो सुचना

२०८२ बैशाख ७, आईतवार १४:४३ २०८२ बैशाख ७, आईतवार १४:४३ २०८२ बैशाख ७, आईतवार १४:४३

वैशाख ७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुले विभिन्न नारा लिखित पम्प्लेट लिएर सिंहदरबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो । सिंहदबारस्थित संसदीय दलको कार्यालयमा भेला भएर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए । पर्चासहित प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । 

आज राप्रपाले निषेधित क्षेत्र तोकिएको माइतीघर बिजुलीबजारमा प्रदर्शन गरेको थियो । प्रदर्शनकारीले प्रहरी घेरा तोड्ने प्रयाससमेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook