काठमाडौँका सडकमा निरन्तर आन्दोलनले सर्वसाधारणलाई सास्ती

Byपहिलो सुचना

२०८२ बैशाख ७, आईतवार १३:०६ २०८२ बैशाख ७, आईतवार १३:०६ २०८२ बैशाख ७, आईतवार १३:०६

वैशाख ७, काठमाडौँ । काठमाडौँका सडकमा निरन्तर आन्दोलनले सर्वसाधारणलाई सास्ती भएको छ । दैनिक आवत जावत गर्ने सर्वसाधारण यात्रु, कर्मचारी र विद्यार्थीलाई सकस परेको छ ।

शिक्षकहरूले १९ दिनदेखि दिनहुँ माइतीघर-बानेश्वर सडकमा प्रदर्शन गर्दै आएका छन् । आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सडकमै प्रदर्शनका कार्यक्रम राखेको छ ।

सडकमा प्रदर्शनका कार्यक्रम हुँदा सवारी साधनको आवतजावतमा प्रभाव परेको हो । शिक्षकहरूको आन्दोलनका कारण दिनहुँ माइतीघर-तीनकुने सडक ठप्प हुँदै आएको छ । हजारौँ शिक्षकहरू सडकमा उत्रिएर प्रदर्शन गर्दा पैदलयात्रु र सवारीसाधनमा यात्रा गर्नेहरूलाई कठिनाइ भएको हो ।

सडकमा आन्दोलनका कार्यक्रमले ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिनाइ भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए । प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको उनले बताए । 

आइतबार राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँ बानेश्वरक्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको छ। उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook