जडिबुटी प्रशोधन केन्द्रको आगजनी नियन्त्रणमा

Byपहिलो सुचना

२०८१ चैत्र १५, शुक्रबार २३:२३ २०८१ चैत्र १५, शुक्रबार २३:२३ २०८१ चैत्र १५, शुक्रबार २३:२३
eQmk'/, !% r}t M h8La'6L pTkfbg tyf k|zf]wg sDkgL lnld6]8sf] hl8a'6Ll:yt sfof{nodf z'qmaf/ /fhfjfbL k|bz{gsf/Ln] u/]sf] cfuhgL h'4 af?0f oGq eQmk'/n] lgwfpg] k|of; ub}{ . tl:j/ M /d]z lu/L, /f;;

चैत १५, भक्तपुर । पूर्वराजाका समर्थकहरुले आज जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडिबुटीस्थित कार्यालयमा लगाएको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ ।  

कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदर्शनकारीले प्रशोधन कम्पनीमा प्रवेशगरी अपरान्ह आगजनी गरेका थिए । आगो निभाउन परिचालित जुद्ध वारुण यन्त्र भक्तपुरका तीन वटा, काठमाडौँ महानगरपालिकाका दुई र ललितपुर महानगरपालिकाको एक गरी ६ वटा दमकलले चार घण्टामा आगो निभाएको जुद्ध बरुणयन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए । 

उनले भने, “जम्मा छ वटा दमकलले राति ९ बजे आगो निभाएर फर्कियौँ ।” उनले सन्चोलगायत जडिबुटीका औषधी बनाउँदा प्रयोग हुने केमिकल बलेपछि आगो थप बढेकाले निभाउन समय लागेको बताए । आगो निभाउन गएको जद्ध बारुणयन्त्रको एक दमकलसमेत ओन्दालनकारीले तोडफोड गरेको कार्यालय प्रमख धौभडेलले जानकारी दिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook