चैत १५, काठमाडौँ । आज भएको राजावादी प्रदर्शनका क्रममा आगजनीमा एक फोटो पत्रकारको मृत्यु भएको छ ।
तीनकुनेस्थित आज भएको आन्दोलनमा भिडियो खिच्न एक भवनमा गएका एभिन्यूज टेलिभिजनमा भिडियो पत्रकार सुरेश रजकको आगलागी भएको भवनमा फसेर निधन भएको हो ।
एभीन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारका अनुसार रजकलाई उद्धार गर्न प्रहरीलाई पटकपटक फोन गर्दा पनि समन्वय हुन नसकेको बताए ।
‘प्रहरीलाई पटकपटक फोन गर्दा पनि समन्वय हुन सकेन,’ उनले भने ।
