चैत १५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणा सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मिश्र, राणा, स्वागत नेपाल, सन्तोष तामाङ र लिम्बू थर गरेका एक जना रहेका छन् । राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखिएको छ ।
राजावादीको ‘कमान्डर’ भनिएका दुर्गा प्रसाईं भने सम्पर्कबिहीन छन् ।
