‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

Byपहिलो सुचना

२०७८ भाद्र १७, बिहीबार १२:२४ २०७८ भाद्र १७, बिहीबार १२:२४ २०७८ भाद्र १७, बिहीबार १२:२४

भाद्र १७, काठमाडौं । भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ।

टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको बिहीबार हृदयघातका कारण मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन । 

उनी भारतको चर्चित रियालिटी शो बिग बोस सिजन १३ का विजेतासमेत हुन्।

सन् १९८० मा मुम्बईमा जन्मिएका उनले टेलिसिरियल बालिका बधुबाट अभिनय सुरु गरेका थिए । उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड पनि जितेका थिए । उनी आमा र दुई बहिनीसँग बस्थे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook