तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Byपहिलो सुचना

२०८१ कार्तिक २६, सोमबार ०८:२६ २०८१ कार्तिक २६, सोमबार ०८:२६ २०८१ कार्तिक २६, सोमबार ०८:२६
Weather_PahilosuchanaGloomy Weather

कात्तिक २६, काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।   दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानमान छ । महाशाखाले राति पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी  तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook