पिकअप भ्यान दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु

Byपहिलो सुचना

२०८१ कार्तिक २६, सोमबार १०:५६ २०८१ कार्तिक २६, सोमबार १०:५६ २०८१ कार्तिक २६, सोमबार १०:५६
accident full image

कात्तिक २६, बलेवा । बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ मा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै सोमबार बिहान पिकअप भ्यान दुर्घटनामा परेको हो।

ग२च ९२४७ पिकअप भ्यान सडकदेखि एक सय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए। दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको हो।

मृतकको पहिचान खुलिसकेको छैन। पिकअप भ्यानमा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook