कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ जना घाइते

Byपहिलो सुचना

२०८१ कार्तिक २६, सोमबार ०८:१६ २०८१ कार्तिक २६, सोमबार ०८:१६ २०८१ कार्तिक २६, सोमबार ०८:१६
accident full image

कात्तिक २५, सुर्खेत। कालीकोटमा आइतबार भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । पलाँता गाउँपालिका–३ मा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए ।

उनका अनुसार पलाता गाउँपालिका-६ का पदम बम, भगवती रोकाया, गणेश शाही, वडा नं ५ की छाया शाही र वडा नं ३ का दमन रोकायाको दुर्घटनामा मृत्यु भएको छ । त्यस्तै पलाता-६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदिम शाही, प्रतीक्षा शाही, आशिष रोकाया घाइते भएका छन् । घाइते हुने अन्यमा भुपेन्द्र रोकाया, तलाता-३ बस्‍ने दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया तथा ठेगाना नखुलेको चालक धनिराम रावत रहेका छन् । पलाता गाउँपालिका-५ बस्‍ने दोली विक र आयुशा विक पनि घाइते भएका छन् ।

घाइते १३ जनालाई उद्दार गरी उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रादेशिक अस्पताल कालगाउ सुर्खेत ल्याइएको छ । आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्‍ने ठाउँमा कप्र ००१ ज ५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।  जिप भीरबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook