रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

Byपहिलो सुचना

२०८१ कार्तिक २६, सोमबार ०८:१२ २०८१ कार्तिक २६, सोमबार ०८:१२ २०८१ कार्तिक २६, सोमबार ०८:१२

कात्तिक २६, काठमाडौं । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका स्रेस्तेदार राजन खनालले सेतोपाटीलाई जानकारी दिए। लामिछानेलाई आइतबार चौथो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो। 

यसअघि कात्तिक २० गते लामिछानेमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप भएको थियो। तिहारको सार्वजनिक बिदाका कारण म्याद थप गर्न नमिलेकोले त्यतिबेला बिदाको दिनकोसमेत जोडेर म्याद थपका गरिएको थियो।  गत कात्तिक २ गते केन्द्रीय कार्यालय च:मतिबाट पक्राउ गरी पोखरा लगेपछि लामिछानेलाई चौथो पटक आइतबार अदालतमा उपस्थित गराइएको हो।पटक-पटक म्याद थप गरेर लामिछानेमाथि अनुसन्धान गरिएको छ।

सुर्यदर्शन सहकारीको बचत लामिछाने तत्कालीन अवस्थामा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएको भन्दै सहकारीसम्बन्धी संसदीय छानबिन समितिले उनीसहित गोर्खा मिडियाका पदाधिकारीहरूलाई कारबाही सिफारिस गरेको थियो। सभापति लामिछाने पक्राउ परेदेखि नै रास्वपाले सडक आन्दोलन गरिरहेको छ। रास्वपाले दोस्रो चरणको आन्दोलन पनि घोषणा गरेको छ। राजनीतिक प्रतिशोधका कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप रास्वपाको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook