दाना चक्रवातको प्रभाव कायमै, पहाडी भूभागमा वर्षाको सम्भावना

Byपहिलो सुचना

२०८१ कार्तिक १०, शनिबार ०७:५६ २०८१ कार्तिक १०, शनिबार ०७:५६ २०८१ कार्तिक १०, शनिबार ०७:५६
Weather_PahilosuchanaGloomy Weather

कात्तिक १०, काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को अंशको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यी दुइटा प्रणालीको प्रभावले  शनिबार बिहान कोशी प्रदेशमा आंशिकतदेखि साधारणतया बदली रहेको र अरू प्रदेशहरूमा आंशिक प्रभाव रहेको पनि महाशाखाले जनाएको छ । 

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखी साधारणतया बदली र बांकी भू-भागमा आंशिकखी मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । पहाडी भू-भागका एक-दुई स्थानमा दिउँसो मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाले जारी गरेको बुलेटिनमा उल्लेख छ । 

शनिबार राति पनि कोशी प्रदेश लगायत देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।राति कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook