जीप दुर्घटनामा दुई जनाको मृत्यु, तीन आमा-छोरा गम्भीर घाइते

Byपहिलो सुचना

२०८१ कार्तिक १०, शनिबार ०७:४४ २०८१ कार्तिक १०, शनिबार ०७:४४ २०८१ कार्तिक १०, शनिबार ०७:४४

कात्तिक १०, काठमाडौं । दाङको तुलसीपुरमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार बिहान ४:५० बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका-३ साततेलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङको  दंगीशरण गाउँपालिका – ४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र  सल्यानको कपुरकोट गाउँपालिका – ६ का १९ वर्षीय सुरेश खड्का छन् उनीहरूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अलिन ठकुरीले जानकारी दिए ।

पाँच जना सवार रहेको जिप सडकबाट झन्डै तीनसय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर छ । सल्यानको कपुरकोट गाउँपालिका – ६ की ३१ वर्षीया टीकादेवी वली, उनका १३  र १० वर्षका छोराहरू महेश र जीवन गम्भीर घाइते रहेको र उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा पठाइएको डिएसपी ठकुरीले जानकारी दिए । दुर्घटना लगतै इलाका प्रहरी कार्यालय प्रमुख ठकुरीको नेतृत्वमा १२ जनाको प्रहरी घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो । घाइतेलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि नेपागञ्ज रेफर गरिएको हो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook