मन्त्रालय परिसरको सफाइमा आफै लागे मन्त्री खड्का

Byपहिलो सुचना

२०८१ कार्तिक ९, शुक्रबार १४:०४ २०८१ कार्तिक ९, शुक्रबार १४:०४ २०८१ कार्तिक ९, शुक्रबार १४:०४

कात्तिक ९, काठमाडौं । डेंगी संक्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी भएका छन्।

बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबारदेखि देशभरका सबै सरकारी कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

शुक्रबार कर्मचारीहरूलाई साथ लिएर मन्त्री खड्का आफै मन्त्रालय परिसरको सरसफाइमा जुटेका हुन्।

सरसफाइ अभियानका क्रममा मन्त्री खड्काले मन्त्रालय र मन्त्रालयअन्तर्गतका सबै कार्यालयलाई सफा राख्न सम्बन्धित कार्यालय प्रमुख तथा कर्मचारीलाई आग्रह गरे।

उनले सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै स्वस्थ हुन सरसफाइले विशेष महत्व दिने भएकाले यसप्रति सबै सचेत हुनुपर्ने बताए।

‘भोलिका दिनमा मन्त्रालय स्वच्छ र सफा भएको अनुभूति आम सेवाग्राहीले महसुस गर्न पाउनुपर्छ,’ मन्त्री खड्काले भने।

मन्त्रालयका उपसचिवसमेत रहेका मन्त्री खड्काका निजी सचिव मनोज पन्थले मन्त्रीको नेतृत्वमा भएको सरसफाइले सबै कर्मचारीलाई हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook