दक्षिणकाली–सिस्नेरी–कुलेखानी सडक आजदेखि १२ दिन बन्द

Byपहिलो सुचना

२०८१ आश्विन ८, मंगलवार १०:२६ २०८१ आश्विन ८, मंगलवार १०:२६ २०८१ आश्विन ८, मंगलवार १०:२६
Black Topped Road

असोज ८, काठमाडौं । दक्षिणकाली भएर हेटौंडा निस्कने कुलेखानीसम्मको सडक खण्ड १२ दिन बन्द हुने भएको छ । राजधानी पूर्वाधार विकास विशेष आयोजनाअन्तर्गत रहेको उक्त सडक खण्ड अहिले निर्माणाधीन छ ।

अहिले कालोपत्रेको काम भइरहेकालेले मंगलबार (असोज ८) गतेदेखि १९ गतेसम्म (१२ दिन) बन्द हुने दक्षिणकाली नगरपालिकाले जानकारी दिएको छ । हेटौंडा, मकवानपुरबाट सञ्चालन भइरहेको कुलेखानी सिस्नेरी छैमले दक्षिणकाली सडक (दक्षिणकाली– छैमले खण्ड) कालोपत्रे कार्य सुरु हुन गएको हुँदा उक्त खण्डमा मिति  असोज ८ गतेदेखि असोज १९ गतेसम्म १२ दिनको लागि सवारी साधन आवतजावत बन्द हुने भएकोले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गर्दछौं,’ सूचनामा भनिएको छ ।

यो बागमती प्रदेशको मुकाम हेटौंडादेखि काठमाडौं जोड्ने छोटो दुरीको मार्ग हो। २०५४ सालदेखि उक्त मार्ग सञ्चालनमा ल्याइएको भए पनि स्तरोन्नति नहुँदा यात्रुले दुःख पाउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook